देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन हुने, एक साता निषेधाज्ञा लम्बियो

देशान्तर

काठमाडौं– सार्वजनिक यातायात मंगलबार देखि जोरबिजोर प्रणालीबाट सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको छलफलपछि उपत्यकामा छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।

काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा भने एक साता लम्बिएको छ। कोरोना संक्रमण जोखिम कायमै रहेकाले थप एक साता निषेधाज्ञा थपेको काठमाडौं प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए।

उनले ,‘जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छ। तर माइक्रोबस भने चल्ने छैनन्। २५ सिट माथिका मात्रै चल्न पाउने छन्।’ उनका अनुसार सवारीसाधनको सिट क्षमता आधारमा यात्रु राख्न पाइने छ।

तीन वटै जिल्लाका प्रमुख अधिकारीहरु आइतबार निषेधाज्ञाकै विषयमा एक चरण छलफल गरेका थिए। जारी निषेधाज्ञा सोमबार सकिँदै छ। यसअघि सरकारले ८ गतेबाट निजी सवारीसाधन जोरबिजोर प्रणालीबाट चल्न दिएको थियो।