देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निषेधाज्ञा : सार्वजनिक यातायामा पनि जोर विजोर लागू गर्ने तयारी

देशान्तर

काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने गरि एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ ।

जोर बिजोर प्रणालीमा सार्वजनिक सवारीसाधन सञ्चालन गर्दाका मापदण्ड भने तोक्न बाँकी रहेको बताइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने जानकारी दिए ।
हिजो बसेको बैठकले कुनै निर्णय गर्न नसकेकाले आज फेरि बैठक बस्ने भएको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाको ३ वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने उनले बताए ।

निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक÷डेढ हप्ता खोल्ननहुने सुझावहरु आएको उनले जानकारी दिए ।