देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जापानमा स्वास्थ्य सङ्कटकाल लम्बिन सक्ने

देशान्तर

टोकियो – टोकियोमा कोभिड-१९को महामारी अझै पूर्ण नियन्त्रणमा आइनसकेको सङ्केत गर्दै जापानका आर्थिक नीति मन्त्री निशिमुरा यासुतोशीले महामारी नियन्त्रणका उपायस्वरूप अझै थप केही समय स्वास्थ्य सङ्कटकाल जारी रहने बताएका छन् ।

महामारी नियन्त्रणमा लिनका लागि राजधानी टोकियोसहित सङ्क्रमण बढी रहेका निश्चित क्षेत्रहरूमा कोभिड–१९ नियन्त्रणका उपायहरूलाई अवलम्बन गर्नुपर्ने देखिएंको बताए । आइतबार एनएचकेको बहस कार्यक्रममा निशिमुराले अहिल्यै महामारी नियन्त्रण नभएको तर टोकियोमा भएको प्रकोपको अवस्थामा सुधार भएको संकेत गरे । 

उनले कोभिड सङ्क्रमण फैलिन नदिन अपनाइएका कडा नियमहरू बमोजिम मदिरा बेचबिखन गरिरहेका बार र रेष्टुरेन्टहरूमा कडा कदम चाल्नसक्ने विचार गर्न व्यक्त गरे । देशभरको अवस्थाबारे उनले भने, “हल्कादेखि मध्यम लक्षण भएका युवा बिरामीहरूको वृद्धिको कारण आगामी दिनमा सानोदेखि मध्यम आकारका अस्पतालहरूमा भार पर्नेछ । यसमा सबैको सहयोगका लागि सरकारले अपिल गर्दछ ।”

निशिमुराले भने, “सरकारका प्रतिनिधिले अस्पतालको शै्ययामा निगरानी राखिनेछ र स्वास्थ्य सेवाहरूलाई थप प्रभाबकारी बनाइनेछ ।” एनएचके वल्र्डले उहाँलाई उद्धृत गर्दै भनेको छ, “बन्द स्थान, भीडभाड भएका ठाउँलगायतका स्थानमा भाइरसको सङ्क्रमण फैलिनसक्ने विज्ञहरूको सुझाबपछि सङ्कटकाल हटाइहाल्ने अवस्था देखिएन ।”