देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकामा सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने तयारी

देशान्तर

काठमाडौं – काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन सञ्चालनमा ल्याउने तयारी भएको छ ।आइतबार भएको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा सार्बजनिक यातायातलाई जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । 

हाल उपत्यकामा निजी सवारी साधन जोरबिजोरको आधारमा चलिरहेका छन् । प्रशासनले निषेधाज्ञालाई थप खुकुलो बनाउदै स्वास्थ्यका मापदण्ड पालना गर्दै सार्बजनिक यातायातपनि जोरबिजोर लागु गरेर खुलाउन थालेको हो । यस विषयमा औपचारिक निर्णय लिन तीन जिल्लाका  प्रमुख जिल्ला अधिकारीहरु सोमबार बिहान १० बजे पुन: बैठक बस्दै छन् ।

सार्वजनिक यातायात व्यवसायीले स्वास्थ्य मापदण्ड अनिवार्य गरी सार्वजनिक सवारी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।