देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वमन्त्री कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश

देशान्तर

काठमाण्डाै – पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गएको वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई बहराइनको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको थियो ।

न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेकाले कार्कीको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘मन्त्रिपरिषद्को २०७८ वैशाख २५ को मित्र राष्ट्र बहराइनको आवासीय राजदूत नियुक्तिको सिफारिस निर्णय यो निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि कार्यान्वयन नगर्नू/नगराउनू ।’ 

सरकारले वैशाख २५ गते निर्देशिका संशोधन गरी मन्त्रीको रूपमा सेवा गरिसकेको व्यक्तिको हकमा यो दफा लागू नहुने व्यवस्था गरेको थियो । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ मा राजदूतका लागि स्नातक उत्तीर्ण हुनुपर्ने व्यवस्था छ ।