देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्टी एकता जोगाउन अध्यक्ष ओलीलाई एमालेका नेताहरुको सुझाव

देशान्तर

काठमाडौं – नेकपा एमालेका नेताहरुले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आइतबार बसेको बैठकमा नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् । ‘माधव नेपालसहित पार्टी एकता गर्नुपर्छ भनेरै थप निर्णय नगरीएको स्रोतले जनाएको छ ।

बैठकमा नेताहरुले एकता जोगाउनु अनिवार्य रहेकाले हदसम्मको लचकता अपनाउनुपर्ने तर्क गरेका थिए । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त माधव नेपाललाई अर्को अध्यक्ष बनाउँदा एकता जोगिन्छ भने त्यहाँसम्म पुग्नुपर्ने सुझाव दिएका थिए ।

गुरुङले माधव नेपाललाई अर्को अध्यक्ष बनाउन पनि तयार हुनुपर्ने प्रस्ताव गर्दा अन्य नेताहरुले भने कुनै प्रतिक्रिया जनाएनन् । तर एकता जोगाउनुपर्छ भन्नेमा नेताहरु सहमत थिए । ‘कसैले पनि पृथ्वीसुब्बा गुरुङले राखेको प्रस्तावमा कुरा राखेनन् । तर विरोध पनि देखिएन,’ एक नेताले भने । अध्यक्ष ओलीले पनि कुनै प्रतिक्रिया जनाएनन् ।

आइतबारको बैठकमा पनि उनले मुलुकका निम्ति पनि एमालेको एकता आवश्यक रहेको बताएका छन् ।

बैठकले १६ असारमा दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । एक नेताका अनुसार पार्टी एकता प्रक्रियालाई प्रभावित नबनाउने गरी बैठकले निर्णय गर्ने तयारी छ ।