देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै

देशान्तर

काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका बारेमा छलफल गर्न आज ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ।

यसअघि थपिएको एक साताको निषेधाज्ञा भोलि सकिने भएपछि अब निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्न बैठक बस्न लागेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनका अनुसार आज बेलुकी ५ बजे बैठक बस्ने तयारी भएको छ। जारी निषेधाज्ञा एक हप्ता थप हुने र अन्य केही क्षेत्र खुकुलो बनाइने प्रमुख जिल्ला अधिकारी निरौलाले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। सार्वजानिक सवारी साधन चल्न दिने कि नदिने भन्ने विषयमा ब्यापक छलफल भएपनि तत्काल चल्न दिने सम्भावना नरहेको उनले बताए।

यस्तै भौतिक उपस्थितिमै विद्यालय तथा अन्य शैक्षिक संस्था पनि अहिले नै नखुल्ने प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ। पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि राती १२ देखि सकिँदैछ। उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको हो।