देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सोमबार नेप्समा सामान्य गिरावट,१५ अर्बमाथि कारोबार

देशान्तर

काठमाडौं – नेप्से परिसूचक आज ०.२१ अंकले घटेर आज २९०६.७० विन्दुमा रोकिएको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले घट्न पुग्यो । आज ३ करोड ५४ लाख १४ हजार ६४५ कित्ताको किनबेचमा १५ अर्ब ७८ करोड ४८ लाख १९ हजार ९३० रूपैयाँ कारोबार भयो । यो रकम हिजोभन्दा २ अर्ब कम हो ।

आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ७१ करोडको कारोबार भयो । यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४६ करोडको कारोबार भयो ।

आइसीएफसी फाइनान्स लिमिटेड, सेन्ट्रल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढ्दै सर्किट लाग्यो । यसैगरी अन्य १४ कम्पनीको सेयर कारोबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज बैंकिङ, व्यापार, होटल, उत्पादन, लघुवित्त र लगानी समूहको उपसूचक रातो भएका छन् । फाइनान्स समूहको उपसूचक ८.२७ प्रतिशतले बढेको छ ।