देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से हालसम्म कै उच्च विन्दुमा आइतबार १७ अर्ब २७ करोडको सेयर कारोवार

देशान्तर

काठमाडौं – नेप्से हालसम्म कै उच्च अर्थात २९ सय अंकबाट पनि माथि पुगेको छ ।

साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से एकै दिन ५० दसमलव १३ अंकले बढेर २९ सय छ दसमलव ८९ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि सात दसमलव ८८ अंकले बढेर पाँच सय २५० दसमलव ९९ बिन्दुमा चढेको छ ।

दुई सय १८ वटा कम्पनीहरुको एक लाख ७१ हजार ६० पटकको कारोवारमा तीन करोड ७४ लाख ५५ हजार एक सय ८९ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम १७ अर्ब २७ करोड १७ लाख ८७ हजार पाँच सय २५ रुपैयाँ पुगेको छ ।

आइतबार १३ वटा समुहको कारोवार हुंदा साता वटा समुहको सुचक बढेपनि छ वटा समुहको सुचक भने घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ६९ दसमलव ८५ अंकले बढेर १९ सय ७७ दसमलव ४६ बिन्दुमा चढेकोमा बिकास बैंक, फाईनान्स, लघुबित्त, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक बढेकाछन् ।

जलबिद्युत समुहको सुचक भने आइतबार ४६ दसमलव ८३ अंकले घटेर दुई हजार आठ सय ३४ दसमलव १५ बिन्दुमामा झरेकोमा निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन र उत्पादनमुलक समुहहरुको सुचक भने घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको महिला लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर पाँच हजार दुई सय २७ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहको सुचीमा सुचीमा पहिलो स्थानमा परेको राधी जलबिद्युत कम्पनीहरुको प्रतिकित्ता सेयर मुल्य आठ दमसलव ५६ प्रतिसतले घटेर एक हजार ४७ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको १८ सय ७५ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब २१ करोड १४ लाख ५६ हजार नौ सय ४६ रुपैयाँको कारोवार भएको छ ।