देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेट्राेलकाे भाउ बढ्याे

देशान्तर

नेपाल आयल निगमले पेट्रोल, डिजल, मट्टीतेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू भइसकेकाे छ ।

अब प्रति लिटर पेट्रोलको मूल्य एक सय २५ रुपैयाँ, डिजेल र मट्टीतेलको एक सय आठ रुपैयाँ तथा हवाई इन्धनको ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

ुस्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरे पनि निगमलाई पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ ३३ पैसा, डिजलमा ३ रुपैयाँ ३३ पैसा र एलपी ग्याँसमा २५८ रुपैयाँ ४६ पैसा घाटा रहेको छ निगमले जनाएको छ ।

पछिल्लो पटक निगमले गत जेठ २ गते मूल्य बढाएर पेट्रोलको एक सय २३ रुपैयाँ, डिजल र मट्टीतेलको एक सय ६ रुपैयाँ तथा हवाई इन्धनको ७८ रुपैयाँ पुर्याएको थियो ।