देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यो साता नेप्से २८ सय ५६ अंकमा : ६७ अर्ब ७९ करोडको सेयर किनबेच

देशान्तर

काठमाडौं – यो साता नेप्से २८ सय ५६ दसमलव ६७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय १३ दसमलव ११ अंकमा पुगेको छ । कुल दुई सय १९ वटा कम्पनीहरुको छ लाख ९० हजार सात सय ३० पटकको कारोवारमा यो साता १५ करोड छ लाख १२ हजार सात सय ३८ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार दुई सय ९५ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा बढी हो ।

नेप्सेमा गत साता भने दुई सय २० वटा कम्पनीहरुको पाँच लाख २२ हजार दुई सय ६४ पटकको कारोवारमा ११ करोड ७५ लाख ८३ हजार पाँच सय ३१ कित्ता सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम ५० अर्ब ७७ करोड २५ लाख ९४ हजार पाँच सय १६ रुपैयाँ पुगेको थियो । नेप्से यो साता पाँच दिन नै खुल्ला रहेकोमा पहिलो, चौथो र पाँचौं दिन नेप्से बढेको छ भने दोस्रो र तेस्रो दिन नेप्से घटेको छ ।

सो मध्ये पहिलो दिन नेप्से १२ दसमलव ५४ अंकले बढेर २८ सय २७ दसमलव ९३ अंकमा पुगेकोमा सेन्सिटिभ पनि तीन दसमलव ३५ अंकले बढेर पाँच सय सात दसमलव पाँच अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से ४५ दसमलव २५ अंकले घटेर २७ सय ८२ दसमलव ६८ अंकमा झरेकोमा सेन्सिटिभ पनि छ दसमलव ५८ अंकले घटेर पाँच सय दसमलव ४७ अंकमा झरेको थियो ।

तेस्रो दिन पनि नेप्से ११ दसमलव ६८ अंकले घटेर दुई हजार सात सय ७१ दसमलव १५ अंकमा झरेकोमा सेन्सिटिभ पनि तीन दसमलव ६९ अंकले घटेर चार सय ९६ दसमलव ८६ अंकमा झरेको थियो । चौथो कारोवार दिन भने नेप्से ५५ दसमलव ७६ अंकले बढेर दुुई हजार आठ सय २७ दसमलव १२ अंकमा चढेकोमा सेन्सिटिभ पनि सात दसमलव ८३ अंकले बढेर पाँच सय पाँच दसमलव १५ अंकमा चढेको थियो ।

यसैगरी अन्तिम कारोवार दिन पनि नेप्से २९ दसमलव ५५ अंकले बढेर दुई हजार आठ सय ५६ दसमलव ६७ अंकमा चढेकोमा सेन्सिटिभ पनि सात दसमलव ९६ अंकले बढेर पाँच सय १३ दसमलव ११ अंकमा पुगेको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल पुर्नबीमा कम्पनी, लुम्बिनी बिकास बैंक, नेशनल हाईड्रो पावर कम्पनी, नबिल बैंक आदि परेकाछन भने सेयर कारोवार भएका संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी हिमाल दोलखा हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेकाछन् ।

बजार पुंजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेकाछन् ।