देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा आजपनि गिरावट, आठ अर्ब ५९ करोडको कारोबार

देशान्तर

काठमाडौ – नेप्सेमा आजपनि गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार पुन: ११ दसमलव ६८ अंकले घटेर २७ सय ७१ दसमलव १५ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि तीन दसमलव ६९ अंकले घटेर चार सय ९६ दसमलव ८६ बिन्दुमा झरेको छ ।

दुई सय १६ वटा कम्पनीहरुको ९८ हजार छ सय सात पटकको कारोवारमा एक करोड ९७ लाख ८३ हजार तीन सय ५४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम आठ अर्ब ५९ करोड ८१ लाख ६० हजार एक सय १७ रुपैयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव ७६ अंकले घटेर १८ सय ४६ दसमलव नौ बिन्दुमा झरेकोका निर्जिवन बीमा समुहको सुचक पनि एक सय २३ दसमलव ९९ अंकले घटेर १४ हजार तीन सय २० दसमलव ८० बिन्दुमा झरेको छ । यसैगरी जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुुलक, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । बिकास बैंक, फाईनान्स र अन्य समुहको सुचक भने आज बढेकाछन । 

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको कालिका पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर चार सय ५१ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको दिव्येश्वरी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव दुई अंकले घटेर दुई सय ४६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १६ सय ३१ रुपैयाँ अन्तिम मुल्यमा ५७ करोड आठ लाख १५ हजार सात सय ८२ रुपैंयाको कारोवार भएको छ ।