देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सोमबार नेप्सेमा ४५ अंकको गिरावट

देशान्तर

काठमाडौं – सेयर बजार परिसुचक नेप्सेमा ४५.२५ अंकले घट्दै २७८२.६८ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

२१८ कम्पनीको ३ करोड ८ लाख ८८ हजार ६९५ कित्ता सेयर किनबेचबाट १३ खर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ६.५८ अंकले घट्दै ५००।४७ अंकको विन्दुमा पुगेर आजको कारोबार बन्द भएको हो ।

समूहगत परिसूचकतर्फ सामूहिक लगानी कोष समूहका कम्पनीको सूचांकमा भएको सामान्य ०.०४ अंकको वृद्धिले सबै समूहगत कारोबारहरू घटेका छन् ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहका कम्पनीको सूचांक ३८०.८८ अंकले घटेको छ । यसैगरी जीवन बीमा समूहको ३५६.९, जलविद्यूत समूहको १२९.९३ , व्यापार समूहको १६८.०९, उत्पादनमुलक समूहको १०३.२१, विकास बैंक समूहको ५६.९७, अन्य समूहको ५३.५३, बैंकिङ समूहको १९.०२, वित्त समूहको १२.८१ र लघुवित्त समूह ९।९९ अंकले घटेको छ ।

बोनस सेयर घोषणा गरेको राधी विद्य्युत कम्पनी ९१ करोडसहित सबैभन्दा धेरै कारोबार गर्ने र ९।९८ प्रतिशतको वृद्धिसहित सबैभन्दा धेरै कमाउने कम्पनी बनेको छ । त्यस्तै सेन्ट्रल फाइनान्स कम्पनीका लगानीकर्ताले ९.९१ प्रतिशतले कमाएका छन् । बरुण हाइड्रपावरका लगानीकर्ताले सबैभन्दा धेरै ९.५७ प्रतिशतले गुमाएका छन् ।