देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्रिपरिषद्बबाट बजेट स्वीकृत

देशान्तर

काठमाण्डौ – आज घोषणा हुन थालेको आर्थिक वर्ष २०७८– ७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपतिसमक्ष पठाएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि दिउँसो चार बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८र७९ को लागि बजेट सार्वजनिक गर्दैछ ।

संसदका दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।