देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले अध्यादेशमार्फत् आज बजेट सार्वजनिक गर्दै

देशान्तर

काठमाडौँ – सरकारले आज अध्यादेशमार्फत् आर्थिक वर्ष २०७८-०७९ का लागि बजेट सार्वजनिक गर्दैछ। मूलतः कोरोना (कोभिड-१९) संक्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर सरकारले शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८-७९ को वार्षिक अनुमानित आय-व्यय विवरण सार्वजनिक गर्न लागिएको हो ।

जेठ १५ मा बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशमार्फत भए पनि बजेट ल्याउन लागेको सरकारले जिकीर गर्दा विपक्षी दल र अर्थविदहरुले प्रतिनिधि सभा विघटन गरिएको समयमा पूर्ण बजेट नल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। बजेटको आकार सवा १६ खर्बको हुने जनाइएको छ।