देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छ खर्ब ४२ अर्ब बराबरको रेमिटेन्स भित्रियो

देशान्तर

काठमाडौँ । मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) रु ४२ खर्ब ६६ अर्ब ३२ करोड पुग्ने भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार उत्पादकको मूल्यअनुसार कूल गार्हस्थ्य उत्पादन उक्त परिमाणमा पुग्ने अनुमान गरिएको छ ।

त्यस्तै गत फागुन मसान्तसम्म रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण (रेमिटेन्स) आप्रवाह भएको छ । गत आवको सोही अवधिमा रु पाँच खर्ब ९१ अर्ब १९ करोड बराबरको विप्रेषण आप्रवाह भएको थियो । गत फागुन मसान्तसम्म रु १४ खर्ब ३६ अर्ब ५४ करोड बराबरको कूल विदेशी विनिमय सञ्चिति रहेको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आवमा तीन लाख ७० हजार ७३४ सूचीकृत बेरोजगारमध्ये एक लाख पाँच हजार ६३५ ले रोजगारी प्राप्त गरेकामा चालु आवको फागुन मसान्तसम्ममा रोजगार सेवा केन्द्रमा सूचीकृत सात लाख ४३ हजार ५०३ बेरोजगारले रोजगारी प्राप्त गरेको सर्वेक्षणमा समेटिएको छ ।