देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजारमा बिहिबार १४ अर्ब ७६ करोड रुपैयाँको कारोबार

देशान्तर

काठमाण्डौ – नेपालको शेयर कारोबार रकममा फेरि अर्को कीर्तिमान बनेको छ ।

बिहीवार अहिलेसम्मकै धेरै १४ अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि जेठ १० गते सबैभन्दा धेरै १३ अर्ब १७ करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।

बिहीवार चार करोड १८ लाख कित्ता शेयर किनबेच भएका छन्, यो पनि एकैदिन कारोबार भएको अहिलेसम्मकै धेरै कित्ताको रेकर्ड हो । कारोबार रकमले नयाँ रेकर्ड बनाएको दिन नेप्से भने सामान्य घटेको छ ।

नेप्से एक दशमलव २० अङ्कले घटेर २८ सय १५ दशमलव ४० विन्दुमा पुगेको छ ।

सबैजसो लघुवित्त कम्पनीको शेयर घटेको छ । लघुवित्त समूहको शेयर घटे पनि जलविद्युत् समूहको शेयर भने उकालो लागेको छ । २० वटा जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशतका दरले बढेको छ ।

अपि पावर कम्पनीको ४३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।