देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिहिबार सुनको मुल्य बढ्यो

देशान्तर

काठमाण्डौ – सुनको भाउ आज तोलामा सात सय रुपैयाँ बढेको छ ।

अस्ति मङ्गलवार तोलाको ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज सात सय रुपैयाँ बढेर तोलाको ९४ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।