देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

देशान्तर

काठमाडौं । चीनले नेपाललाई दश लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच भएको टेलिफोन वार्तामा चीनले नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा चिनियाँ राष्ट्रपति सीले अनुदान सहयोगमा नेपाललाई कोभिड-१९ भ्याक्सिनको खोप दिने घोषणा गरेको नेपालका लागि चिनियाँ राजदूतले आफ्नो ट्वीटरमा उल्लेख गरेकी छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विटरमार्फत् टेलिफोन वार्ताको बारेमा बताउँदै चीनले नेपाललाई दश लाख डोज खोप उपलब्ध गराउने उल्लेख गरेकी हुन् ।