देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल लाइफको सचेतनामुलक भिडियो सार्वजनिक

देशान्तर

काठमाडौ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अहिलेको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ । कम्पनीले ‘सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो । यस कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ । 

यो महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ । आफू बाच्ने र अरुलाई पनि बचाउन हामी आफैले सावधानी अपनाउन आग्रह गरिएको छ ।