देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मंगलबार नेप्सेमा छ दसमलव पाँच अंकको गिरावट

देशान्तर

काठमाडौं – नेप्सेको उच्च अंकको बृद्धि रोकिएको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार छ दसमलव पाँच अंकले घटेर २८ सय १६ दसमलव ५६ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि चार दसमलव ५१ अंकले घटेर पाँच सय तीन दसमलव ९९ बिन्दुमा झरेको छ ।

दुई सय १९ वटा कम्पनीहरुको एक लाख १२ हजार एक सय ४८ पटकको कारोवारमा दुई करोड ३४ लाख ६५ हजार छ सय ७५ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम ११ अर्ब १३ करोड ३३ लाख ९८ हजार एक सय रुपैयाँ पुगेको छ ।

१३ वटा समुहको कारोवार हुंदा आज छ वटा समुहले कमाएकाछन भने सात वटा समुहले गुमाएकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २५ दसमलव ५७ अंकले घटेर १८ सय ६३ दमासलव ५२ बिन्दुमा झरेकोमा बिकास बैंक, फाईनान्स, उत्पादनमुलक, होटल तथा पर्यटन, अन्य र लगानी समुहहरुको सुचक पनि घटेकाछन् ।

जलबिद्युत समुहको सुचक भने आज ६४ दसमलव ५५ अंकले बढेर २८ सय ८४ दसमलव ६९ बिन्दुमा चढेकोमा ट्रेडिङ, निर्जिवन बीमा, जीवन बीमा, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको बरुण हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९५ प्रतिसतले बढेर चार सय ८६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य तीन दसमलव २२ प्रतिसतले घटेर तीन सय एक रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको प्रतिकित्ता चार सय २१ रुपैयाँ अन्तिम मुल्यमा ३३ करोड ८३ लाख ३७ हजार पाँच सय ८९ रुपैयाँको कारोवार भएको छ ।