देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयोगको प्रस्ताव- निर्वाचन एकै चरणमा गराऔँ, एक अर्ब जोगिन्छ

देशान्तर

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गराउन सरकारलाई सुझाब दिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २६ गते शुक्रबार र मंसिर ३ गते शुक्रबारका लागि निर्वाचनको मिति तोकेकी छन् ।

तर, आयोगले एक चरणमै निर्वाचन सम्पन्‍न गर्दा एक अर्बभन्दा बढी खर्च जोगिने भन्दै यस्तो सुझाव दिएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एक चरणमा निर्वाचन गर्दा आयोगको एक अर्ब रुपैयाँ खर्च कटौती हुने भएकाले यस्तो सुझाव दिएको बताएका छन् ।

निर्वाचन आयोगले निर्वाचनका लागि करिब आठ अर्ब खर्च लाग्ने अनुमान यसअघि नै पेस गरेको थियो । चालु खर्च कटौती गर्न सके त्यो बचत महामारी नियन्त्रणमा उपयोग गर्न सकिने आयोगको सुझाब छ ।