देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोहोरो अकंले बढ्यो शेयर बजार, ११ अर्ब माथिको कारोबार

देशान्तर

काठमाडौं – नेप्से परिसूचक आइतबार ३२.८१ अंकले बढ्दै २८२० विन्दुमा बन्द भएको छ ।

बजार खुलेको १० मिनेटमा नै ४८ अंकले घटेको नेप्से एक घण्टापछि भने केही सम्हालिन पुग्यो । अन्त्यमा दोहोरो अंकले वृद्धि हुँदै नेप्से बन्द भएको छ ।आइतबार२ करोड ५१ लाख ६३ हजार ६६० कित्ताको कारोबारमा नेप्से परिसूचक ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज एक दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्य उच्च दरले बढेका छन् । आज कर्णाली विकास बैंक र ग्रीन डेभलपमेन्ट विकास बैंकको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

साथै, महालक्ष्मी विकास बैंकलगायत एक दर्जन कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ । आइतबार सबैभन्दा बढी कारोबार हुने कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

पुनर्बीमाको शेयर कारोबार ४१ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, आज नेश्नल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार ३७ करोड रुपैयाँ बराबरको भएको छ ।

आइतबार लामो समयदेखि बढ्दै आएको समता लघुवित्त र रु रु जलविद्युत कम्पनीको शेयर मूल्य भने ३ प्रतिशतले घट्न पुगेको छ ।

आज होटल तथा टुरिजम, निर्जीबन बीमा कम्पनी तथा माइक्रोफाइनान्स कम्पनी बाहेक सबै उप समूहको परिसूचक हरियो भएका छन् । आइतबार सबैभन्दा बढी विकास बैंक समूहको शेयर ७.५४ प्रतिशतले बढेको छ ।