देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

६.३७ अंकले बढ्यो नेप्से परिसूचक

देशान्तर

काठमाडौं – नेप्से परिसूचक आज ६.३७ अंकले बढेको छ ।

सामान्य बढेको नेप्सेमा कारोबार रकम भने बुधबारको भन्दा करिब ३ अर्ब रुपैयाँले कमी आएको छ ।

आज २ करोड १ लाख ३३ हजार ६०२ कित्ताको कारोबारमा ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँ बराबरको भएको छ । बुधबार करीब ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

शुन्य दशमलव २३ प्रतिशतले बढेको बजार २७८७.१९ विन्दुमा रोकिएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पनर्बीमा कम्पनीको ३४ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, बैंक अफ काठमाडौंको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज मन्जुश्री र गुणवील फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी, समता लघुवित्तलगायत अन्य पाँच कम्पनीको शेयर कारोबार ९ प्रतिशतभन्दा बढीले बढेको छ ।