देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजारमा नया रेकर्ड कायम

देशान्तर

काठमाण्डौ – केही दिनयता बढेर रेकर्ड कायम गरेको शेयर बजार परिसूचक नेप्से बुधवार भने घटेको छ ।

कारोबार रकममा नयाँ रेकर्ड बनेको दिन नेप्से १३ दशमलव शून्य नौ अङ्कले घटेर २७ सय ८० दशमलव ८१ विन्दुमा झरेको छ ।

बैंक, होटल, व्यापार र फाइनान्स समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । विकास बैंक समूहको शेयर ५२ अङ्कले घटेको छ । यस्तै जलविद्युत् समूहको साढे ६० अङ्कले, जीवन बीमाको २९, निर्जीवन बीमाको एक सय ५८, उत्पादनको ६६ र अन्य समूहको शेयर साढे २७ अङ्कले ओरालो लागेको छ ।

नेप्से बढे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम भएको छ । आज दुई सय १४ कम्पनीका दुई करोड ५१ लाख कित्ता शेयर ११ अर्ब ९५ करोड ८० लाख रुपैयाँमा किनबेच भएका छन् । यो रकम नेपालको शेयर बजार इतिहासमा अहिलेसम्मकै धेरै हो ।

बुधवार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५५ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । ङ्यादी ग्रुप हाइड्रोको शेयर सबैभन्दा धेरै झण्डै सात प्रतिशतले घटेको छ ।