देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

न्याम्सका भिसिका कारण बीर अस्पतालमा सर्जिकल भवन सञ्चालन अनिश्चित

देशान्तर

काठमाडौं । राष्ट्र कोभिड– १९ संक्रमणले शिथिल भैरहेको बेला वीर अस्पताल न्याम्सका भिसि डिएन शाहा र खरिद एकाई प्रमुख भने कमाउ धन्दामा तत्लिन रहेको पाईएको छ । नयाँ सर्जिकल भवन सञ्चालनको लागि लामो समयदेखि स्वास्थ्य मन्त्रालयले ताकेता गर्दा पनि केही नगरेपछि मन्त्रालय आफैले बजेट दिएर २०० शैया कोभिड बार्ड सन्चानल गर्ने दवाव दिदै आएको छ । वीर अस्पताल प्रशासनले आकस्मिक बिभागको लागि ८ जना नर्स र १४ जना डाक्टर माग भएकोमा २ सय नर्सले निवेदन दिई सकेका छन् भने २३ जना डाक्टरको निवेदन परेको छ। नयाँ सर्जिकल भवनमा २ सय कोभिड शैय्या सन्चानल गर्न वैशाख २२ गते एक सय जना नर्स र तीन जना वरिष्ठ डाक्टर माग भएको अन्तिम दिनसम्म १८ सय नर्सले निवेदन दिएका थिए ।

हाल सर्जिकल भवन तत्काल सन्चानल गर्नुपर्ने भएकाले १८ सय जनाको परिक्षा लिएर कर्मचारी भर्ना गर्न असम्भव हुने भन्दै सट लिष्टीङ गरी १८ सय बाट सट लिस्टिंग गरेर कर्मचारी राख्ने तयारी गरी रहदा सो सट लिस्टिंग मा भिसिले आफुनिकट विवादित शाखा अधिकृत रमण खड्कालाई जिम्मा दिई मन्त्रालय र आफ्नो भन्दै एक सय जनाको नाम छनौट समितिमा बुझाएको बुझिन आएको छ । निर्देशक कार्यालय स्रोत भन्छन भिसिले आफ्नो ऐजेन्ट नै खटाएर रकम उठाउनु भएको छ । अस्पताल कि एक नर्स अधिकृत भन्छिन यस्तो महामारी मा पनि ज्यान जोखिममा राखेर काम गर्छु भन्ने नर्स लाई पनि रकममा लेनदेन हुनु, योग्य र सक्षम कर्मचारी नआउनु अस्पतालको लागि दुर्भाग्य हो । यो अस्पतालका यि जति नालायक, भष्ट्र र अपराधी कोही छैनन् ।’ न्याम्स बिरोधी भष्ट्र समुहले नया जागिर दिने नर्स र निजको ऐजेन्टलाई वोलाएर भिसिलाई पैसा बुझाउनु पर्छ भन्दै पैसा लिने गरेको निर्देशक कार्यलय स्रोत बताउँछ । अस्पतालमा कोभिडको टिम ज्यान दिएर फिभर क्लिनिक, पिसिआर, जेनेटिक, प्याथोलोजि र फोकल पर्सन इमरजेंसीमा काम गरिरहेको छ ।

अस्पतालमा अक्सिजन छैन । इमरजेंसी, आइसियु र कोभिड बार्डमा अक्सिजन नभएर दिन दिनै बिरामी मर्देछन तर कमिसनमा कुरा नमिल्दा भिसि शाह र खरिद एकाईले अक्सिजन मेसिन खरिदको फाइल अगाडि बढाएका छैनन् । न्याम्स कार्यलय स्रोतका अनुसार भिसि कमिसनको लागि सानो सानो फाइल पनि रोक्छन र पैसा पाएपछि सदर गर्छन । अधिकार जति सबै आफैसँग राखेका छन । सबै चेक आफै काट्छन र कमिसन लिन्छन।

नयाँ सर्जिकल भवनमा अर्बौको उपकरण कोसँग कतिमा अक्सिजन प्लान्ट, आइ सि यु बेड, भेन्टीलेटर, मनिटर लगायतका उपकरण कोसँग किन्ने भनेर सर्तकता केन्द्रले कारवाई सिफारिश गरेको खरिद प्रमुख भगवती, श्याम बि.क स्वास्थ्य मन्त्रालयबाट वीर अस्पताल खरिदमा बस्न भनेर सरुवा भई आएका शाखा अधिकृत रमणको टिमले भिसिसँग कुरा भैसकेको छ भन्दै कमिसन दिनेलाई मिल्ने गरी उपकरणको स्पेक बनाई रहेको सर्जिकल बिभागका चिकित्सक बताउँछन् ।

उता भष्ट्राचारी खरिद एकाई र शाखा अधिकृत रमणलाई बुइ चढाउने न्याम्सका भिसि र निर्देशक भने कर्मचारी भर्नामा पैसा उठाउने, कमिसन नपाएका कारण भिसि र खरिदले उपकरण मर्मत नगर्ने, नयाँ उपकरण किन्न र कमिसन खान आफुनिकटसँग स्पेक मगाउँदै बसेका छन् । नयाँ वनेको ५२० शैय्याको भवन सन्चानलमा ध्यान छैन भवन सन्चानल मा मन्त्रालय ले हस्तक्षेप गर्नु परेको छ ।

काठमांडौ महानगरले शुक्रवार मात्र १५ बटा भेन्टीलेटर र ५० बटा मनिटर दिने निर्णय गरेको छ । तर खरिदको भष्ट्र टिम भने सो सामान भिसि निकट म्याक्सिम इनकअपरेटसँँग सिधै किन्ने गरी कार्यकारीबाट पास गराउन खोजिएको छ । यस बिषयमा कार्यकारी अन्य सदस्यले असहमति जनाउँदा पनि भिसि र खरिद प्रमुख थपलियाले जर्वजस्ती निर्णय गरेको स्रोतले बतायो । ऐनेस्थेसिया र सर्जिकल बिभागलाई थाहै नदिई सो सामानको स्पेक खरिद एकाई कि भगबति, निर्देशक शान्ता र भिसि शाहाले बनाएकोमा उनिहरू रूष्ट भएको वीरका बरिष्ट डाक्टरले बताए ।

बीरको भ्रष्टाचारको विषयमा कर्मचारी सगठनले स्वास्थ्य मन्त्रालय, अख्तियार, र प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका थिए । सो थाह पाए पछि बिरोध गर्ने कर्मचारीलाई भष्ट्र समुहले सरुवा गर्दिने, कारवाई गर्छू, जागिर खाइदिन्छु भन्दै धम्काउन थालेको बताइन्छ ।वीरको अनियमितता सम्बन्धमा महालेखाको प्रतिवेदन २०७५/२०७६ सर्तकता केन्द्रको २०७५/७६ को वार्षिक प्रतिवेदन र सर्तकताको छानविन २०७६ ले स्पष्ट रुपमा अनियमितता भएको ठहर गरेको छ । सिटि मर्मत र अपरेसनको उपकरण खरिदमा खरिद प्रमुख भगवती लगायतले भष्ट्राचार गरेकाले सो रकम असुल उपर गर्नु भन्दै थप छानविनको लागि अख्तियार पठाएको छ ।

कर्मचारी संघले सर्तकताको निर्देशन बमोजिम दोषिलाई कारवाई र नया खरिद एकाईको गठनको माग राख्दै आएको छ भने सर्तकता केन्दको प्रतिवेदन अनुसार कारवाई, कमिसन नपाएका कारण खरिद प्रमुख भगवती थपलियाको टिमले बिग्रिएका सिटी स्याक्यान, मेमोग्राम, इन्डोसकोपि, फाइवर स्याक्यान, इबस, टीएमटी, सि–आर्म, १२ बटा भेन्टीलेटर, लगायत उपकरण मर्मत नगरेको ८० रूपैयामा पाउने ओपिडी छाप १५० बटा छाप खरिदकै भिसि निकट कर्मचारीको चौरी गँगा सल्पाईसँग भिसिको सहमति मा ५२५ मा खरिद गरेको, खरिद प्रमुखले भिसि कार्यालय जाने लिफ्ट जडान गर्दा ४० लाख भष्ट्राचार गरेको ,दुवाकोट परियोजना सन्चानलको डिपिआर बनाउन आफुनिकटलाई दिन नपाएपछि भिसिले दुइ आव को ८० करोड बजेट फ्रिज गराएको, खाद्यान्नको टेन्डरमा अनियमितता गरेको, भिसिले सदर नै नगरेको फाइल भिसिले सदर गरि टेन्डर खारेज गरेको भनि गोरखापत्र मा सुचना निकालेको र पछि भिसिले सो टेन्डर रद्द गर्ने पैसा पाएपछि पुनः सो फाइल सदर गरेको । वीर अस्पतालको फार्मसीमा ब्यापारीसाग कमिसन खाएर खरिद एकाईले आवश्यक औषधि उपलब्ध नगराएको, कमिसन कै लागि कोरना जाच गर्ने मेसिन किनेर सन्चानल नगरी भगबतिले थन्काएको स्रोत बताउँछ ।

यसैलाई आधार बनाएर र अन्य आरोप सहित युनियनले खरिद एकाईमा कार्यरत प्रमुख भगवति, श्याम बि।क लगायतको सम्पति छानविनसहित अन्य बिषयमा छानविन गरि कारवाई गर्ने प्रधानमन्त्री कार्यलय, राज्य ब्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, अख्तियार, सर्तकता केन्द्र, सम्पति शुद्धिकरण बिभाग, स्वास्थ्य मन्त्रि, स्वास्थ्य सचिव लगायतमा युनियनले उजुरी दिएको छ ।