देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाण्डौमा कोरोनाविरुद्धको भेरोसेल खोप वितरण स्थगित

देशान्तर

काठमाण्डौ – काठमाण्डौमा भेरोसेल खोप वितरण स्थगित भएको छ । स्वास्थ्य कार्यालय काठमाण्डौले विज्ञप्ति निकालेर केही समयका लागि खोप वितरणको काम स्थगित भएको जानकारी गराएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा र व्यवस्थापन महाशाखाबाट खोप लगाउने कार्यक्रम रोक्न सिफारिस भएकाले तत्कालका लागि यो खोप लगाउन बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय काठमाण्डौका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।

गएको चैत ४ गतेको सरकारको निर्णय अनुसार दोस्रो चरणको खोप अभियान अन्तर्गत चैत २५ गतेदेखि यो खोप लगाउन सुरु भएको थियो । १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई भेरोसेल खोप दिइएको थियो । भेरोसेल खोपको आठ लाख डोज चीनले नेपाललाई अनुदानमा उपलब्ध गराएको हो ।