देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

देशान्तर

काठमाडौं – तनहुँ र गोरखामा गरी गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय वृद्धको सोमबार राति मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

ती पुरुषमा वैशाख ८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यसैगरी गोरखाको पालुङटार नगरपालिका–५ की ६७ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो । ती महिलामा सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको निर्देशनालयले जनाएको छ ।