देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाको दुबै डोज खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सकलाई संक्रमण

देशान्तर

काठमाडौं – कोरोना भाइरस संक्रमणविरुद्धको दुबै डोज खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपाल संक्रमित बनेका हुन् । उनीसँगै पत्नी पनि संक्रमित भएको डा. नेपालले जानकारी दिएका छन् । शुक्रबार काठमाडौंको केएमसी अस्पतालको ल्याबमा परीक्षण गराउँदा उनीहरुको रिपोर्ट पोजिटिभ आएको हो ।

स्वास्थ्यकर्मी भएको नाताले देशमा शुरू भएको खोप अभियानमा उनले पहिलो चरणमै पहिलो डोजको खोप लगाएका थिए । उनले बैशाख ८ गते दोस्रो डोज खोप लगाएका थिए । डा. नेपालले कोभिड-१९ को प्रकोपताका प्लाज्मा थेरापीबाट धेरै जना संक्रमितलाई निको पारेका थिए । दुबै डोज भ्याक्सिन लिएका स्वास्थ्यकर्मी कोरोना संक्रमित हुनुले खोप लगाइसकेपछि पनि जोखिम यथावतै रहन्छ भन्ने देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।