देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पूर्वी नवलपरासीमा जीप दुर्घटना हुँदा एकको मृत्यु

देशान्तर

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार–६ मा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । लु १ ज ३७१० नम्बरको जीप शुक्रबार बुलिङटारबाट दलदले आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीका अनुसार मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–४ का २३ वर्षीय अजय विक हुन् । गम्भीर घाइतेलाई उपचारका लागि दलदलेतर्फ पठाइएको र सामान्य घाइतेलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीप सडकबाट करिव ५० मिटर तल खसेको छ ।