देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देवी घर्तीको स्वरमा तयार ‘मुटुको टुक्रा’मा गीतकार ज्योतीको सशक्त अभिनय

देशान्तर

काठमाडौं – गायिका देवी घर्तीमगरको स्वर रहेको गीत मुटुको टुक्राको भिडियो सार्वजनिक गरिएको छ । ज्योती गुरुङका शब्द शृजनामा तयार भएको गीतमा सुरज लामिछानेको संगीत र एरेन्ज रहेको छ । गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झनामा उपहार स्वरुप भिडियो पस्किएकी छिन् । भिडियोमा ज्योती स्वयमकै अभिनय रहेको छ ।

गीतमा बाल कलाकार काव्या श्रेष्ठका साथमा अंनिश्का थापा, शंकर पाण्डे, सलोनी रन्जितकार र इभा सिंह ठकुरीको अभिनय देख्न सकिन्छ । गीतमा बाध्यात्मक परिस्थितीले विदेशीनुको पीडा र भोगाइ समेटीएको छ । ज्योतिले परवासबाट यो कोशेली आफ्ना दर्शकका लागि पस्किन पाउँदा खुशी लागेको बताइन् ।

बेलायतमा रहेर पनि ब्याक टु ब्याक उत्कृष्ट भिडियो निर्माण र ब्यस्त निर्देशकको परिचय बनाएका निर्देशक कुशल श्रेष्ठले नै यो भिडियो निर्देशन गरेका हुन् । जसमा छायांकन, सम्पादन, परिकल्प्ना पनि निर्देशक श्रेष्ठकै रहेको छ । भिडियोमा नबिन निरौलाको कलरिगं, दीपिका श्रेष्ठको मेकअप रहेको छ । भिडियो गीतकार ज्योतिकै युट्युव च्यानल जेजी क्रियशनबाट बजारमा आएको हो ।