देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

च्याम्पियन्स लिगमा बायर्न म्युनिख विजयी

देशान्तर

जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा विजयी भएको छ।

अन्तिम १६ को पहिलो लेग अन्तर्गत अवे मैदानमा भएको खेलमा बायर्न म्युनिखले इटालियन क्लब लाजिओलाई ४–१ गोलले पराजित गरेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्की, मुसिएला र लिरोय सानेले एक–एक गोल गरे । यस्तै लाजिओका एसिर्बीले आत्मघाती गोल गरे । घरेलु टोली लाजिओका लागि ४९ औँ मिनेटमा वाकिन कोरियाले एक गोल फर्काएका थिए ।

बायर्नका लागि लेवान्डोस्कीले खेलको नवौँ, मुसिएलाले २४ औँ तथा सानेले ४२ औँ मिनेटमा गोल गरेका थिए । लाजिओका एसिर्बीले ४७ औँ मिनेटमा आत्मघाती गोल गरेका हुन् । दोस्रो लेग आउँदो मार्च १७ मा बायर्नको मैदानमा हुनेछ ।