देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दलितमाथिको विभेद अन्त्य नभएसम्म समृद्धि सम्भव छैन: मुख्यमन्त्री राउत

देशान्तर

धनुषा – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताए ।  समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिमलगायतको उन्नति र विकासका लागि अनेकौँ योजना ल्याएको जनाए ।

मुख्यमन्त्री राउतले  प्रदेश सरकारले ल्याएका योजनाको प्रतिफल ५-१० वर्षपछि समाजले अनूभूति गर्ने बताए । संविधानले सुनिश्चित नगरेको भए जनप्रतिनिधिमा उनीहरुको सहभागिताको परिकल्पनासमेत गर्न सक्दैन्थ्यो भन्दै उनले त्यसै कारण आफूहरु हरेक ऐन कानूनमा दलित महिला मुस्लिमलगायतका समुदायको पहुँचलाई सुनिश्चित गर्दै गएको जानकारी गराए ।

कार्यक्रममा प्रदेशसभा सदस्य चमेलीदेवी दास, दलित अगुवा भोला पासवानलगायतले सम्बोधन गरेका थिए ।