देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसद पुनःस्थापनाको विकल्प छैन : वरिष्ठ नेता पौडेल

देशान्तर

काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले पाखण्डी काम गरिरहेको बताएका छन् । नेपाली काँग्रेस रामपुर नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाटमा उनले भने, ‘सिद्धान्त लिन्छ कम्युनिष्टको । माक्र्सवादले धर्म भनेको अफिम हो भन्छ। कम्युनिस्ट पार्टीबाट हुन्छ प्रधानमन्त्री । त्यो प्रधानमन्त्री होटेलमा ठूलो समारोह गरेर होलीवानको होली खेल्छ । एकातिर होलीवानको होली खेल्छ, अहिले आएर पशुपतिमा अर्को नाकट देखाएर हिन्दुको कुरा गर्छ । यस्तो पाखण्डी काम गर्नुहुन्छ ।’

राज्यमा एक धर्मलाई च्याप्ने र अर्को धर्मलाई फ्याक्ने काम गर्न नहुने पौडेलको भनाइ छ । ‘राज्यभित्र सबै धर्म अटाउँछन् । सबै संस्कृति अटाउँछन् । अहिले धर्मका नाउँमा हिँडेका नेताहरुको खोलेर हेर्दा जनै पनि छैन होला । तर मेरो खोलेर हेर्नु भो भने जनै छ, आफ्नो जनै देखाउँदै पौडलले भने म चाहिँ हिन्दु हो । अहिले पनि पुजा गर्छु । हरेक दसैंमा नवदुर्गाको पाठ पढ्छु । यो मभित्रको आस्था हो । तर म यसलाई राज्यमा लाध्दैन । अन्य धर्ममाथि थोपर्न चाहन्न । बिपी कोइरालाले पनि त्यही गरेका हुन् ।’

देश र जनतालाई भ्रममा पार्दै ओलीले यस्तो पाखण्डी काम गरेको उनको आरोप छ । फरक प्रसंगमा नेता पौडेलले संसद पुनःस्थापनाको विकल्प नभएको बताए । ‘हामीले असंवैधानिक भनिसकेपछि हाम्रो गन्तव्य पनि त्यसलाई संवैधानिक बनाउने हो । त्यसका लागि संसद पुनःस्थापना हुनुपर्छ । म दाँया बाँया जान्दिन् पार्टीको निर्णय बोलिरहेको छु । संसद पुनःस्थापनाको विकल्प छैन’ उनले भने ।