देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सर्वोच्चद्धारा संबैधानिक आयोगका नियुक्ति बारे राष्ट्रपतिसहितका विपक्षीका नाममा कारण देखाउ आदेश

देशान्तर

काठमाडौँ – संबैधानिक आयोगमा गरिएको नियुक्तिविरुद्ध परेको मुद्धामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश कुमार रेग्मीको इजलासले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा संबैधानिक परिषदको कार्यालयलगायतका विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

संबैधानिक आयोगहरुमा गरिएका नियुक्तिहरु संबैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेका रिटको सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चले राष्ट्रपतिको कार्यालय लगायतका विपक्षीलाई १५ दिन भित्र जवाफ दिन भनेको छ । 

रिट निवेदकले संबैधानिक आयोगमा नियुक्त भएर शपथ लिएका सबैलाई काम गर्नबाट रोक्न समेत आदेश माग गरिएको भएपनि सो आदेश दिन बहने सर्वोच्चले अस्विकार गरेको छ ।