देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली समूहको आमसभाको कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

देशान्तर

काठमाडौं । नेकपा ओली समूहले नारायणहिटी अगाडि गरेको आमसभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । विभिन्न जिल्लाबाट नेता, कार्यकर्तालाई ल्याएर प्रदर्शन गरिएका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको हो ।

महानगरीय ट्राफिक महाशाखा, रामशाहपथका अनुसार कार्यक्रम अवधिभरका लागि रिङरोडभित्र सार्वजनिक यातायातलाई प्रवेशमा रोक लगाइएको छ । मोटरसाइकललाई भने चल्न दिइएको छ । जय नेपाल, महेन्द्र शालिक र केशर महल क्षेत्रमा पूर्णतः सवारीसाधन निषेध गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले बताए ।

पुतलीसडक, नक्साल लगायतका क्षेत्रमा भने अहिले सवारी आवागमन सामान्य हुँदै गएको ट्राफिक प्रहरीले जनाएको छ । अवरोध भएका ठाउँमा वैकल्पिक मार्गबाट सवारीसाधनहरुलाई डाइभर्सन गराइएको प्रहरीले जनाएको छ ।