देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मांसहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखानमा लगेर थुन्छु : गृहमन्त्री

देशान्तर

काठमाडौं । नेपालक कम्युनिस्ट पार्टी ( नेकपा ) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् ।

नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता बादलले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।

नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बोलेका मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै उनले भने, ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ ।’

मांसाहारी आन्दोलन गर्नेहरूप्रति सचेत रहन समेत गृहमन्त्री थापाले निर्देशन दिए ।