देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेकपा ओली समूहको जनसभा सुरु

देशान्तर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केपी शर्मा ओली समूहले काठमाडौंको नारायणहिटी दरबार संग्रहालय अगाडि वृहत जनसभा सुरु गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट सुरु भएको र्‍याली दरबारमार्ग आइपुगेपछि सभा सुरु भएको हो ।

सभामा प्रधानमन्त्री केपी शर्मा ओली पनि आइसकेका छन् । सभामा पार्वती रावल, सत्यनारायण मण्डल र रामबहादुर थापाले सम्बोधन गरेका छन् ।

गृहमन्त्री रामबहादुर थापाले मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका छन् ।

सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड–माधव पक्षलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको चिडियाखानामा थुनिने चेतावनी दिएका हुन् । ‘मांसाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा थुनिनेछ,’गृहमन्त्री थापाको भनाइ छ ।