देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पढ्न गएकी छात्राको जंगलमा शव भेटियो, बलात्कारपछि हत्याको आशंका

देशान्तर

 बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा बिहीबार साँझ एक छात्रा जंगलमा मृत भेटिएकी छिन्। सोही वडास्थित कतोलाकी १९ वर्षीया भागरथी भट्ट जंगलमा मृत अवस्थामा फेला परेकी हुन्।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालय सिर्कोटमा कक्षा १२ मा अध्ययनरत भट्टको शव लवलेक सामुदायिक वनमा भेटिएको हो । प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार उनी बुधबार विद्यालय जान्छु भनी घरबाट हिँडेकी थिइन् ।

उनको बलात्ककारपछि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । विद्यालय जान्छु भनेर निस्किएकी भट्ट बुधबारदेखि परिवारको सम्पर्कमा थिइनन् । उनको शव बिहीबार साँझ वनमा भेटिएको हो ।

प्रहरीले घट्नाबारे अनुसन्धान थालेको छ। गाउँबाट घटनास्थल पुग्न एक घण्टा हिँड्नुपर्छ । छात्राको शरीरभरि नीलडाम र घाउ छन् । कपडा पनि च्यातिएको छ। डिएसपी नारायण अधिकारी अनुसन्धानका लागि बिहीबार घटनास्थलमा पुगेका छन् ।

घटनाको अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुरसमेत ल्याइएको छ ।