देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारले द्धन्द्ध निम्त्याउन खोज्यो : नारायणकाजी श्रेष्ठ

देशान्तर

काठमाडौँ – नेकपाको प्रचण्ड-नेपाल पक्षका प्रवक्ता एवम् केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले आन्दोलनमा उत्रिएका नेता-कार्यकर्तालाई पक्राउ गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएका छन् । बिहीबार आमहड्तालका क्रममा रत्नपार्कमा पुगेका श्रेष्ठले आफुहरुको आन्दोलन शान्तिपूर्ण नै भएको र केही छिटफुट घटनाको छानविन आफै गर्ने पनि बताए ।

उनले पार्टीका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका नेतालाई पक्राउ गरेकाले यसबाट हुने परिणामको जिम्मेवार स्वयं सरकार हुने चेतावनी दिए । आमहड्तालको कार्यक्रम राख्दा दुःख लागेपछि जनताको अधिकार नै धरापमा पर्न लागेपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको उनको भनाइ छ ।

लोकतन्त्र र संविधानको रक्षा गर्न आमजनताको समर्थन आन्दोलनमा रहेको नेता श्रेष्ठले बताए । लोकतन्त्र र संविधानलाई सरकारले वेवास्ता गरेकाले सरकारले नै आन्दोलन गर्न बाध्य बनाएको उनको तर्क छ ।