देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२४ घण्टामा १७१ कोरोना संक्रमित थपिए, २२७ जना डिस्चार्ज

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १७१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २७७ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ८७८ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८५ हजार ५७३ पुगेको छ। गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ। हाल ९२ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा २२७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर ६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।