देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चन्द्रागिरीमा रहेको कपास उद्योगमा आगो लाग्दा एक करोडभन्दा धेरैको नोक्सान

देशान्तर

काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरी नगरपालिका १० किसनडोलमा कपास उद्योगमा आगो लाग्दा १ करोड रुपैयाँभन्दा धेरैको नोक्सान भएको छ ।

मेसिन तातेर आगो निस्किएको र त्यसैबाट आगोलागी भएको चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरीभक्त महर्जनले जानकारी दिए । आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा गएराति नै आगोलाई नियन्त्रणमा लिइएको छ ।

सतुंगलबाट बोसिगाउँ जाने बाटोमा पर्ने खुसीखुसी बस्तीको नजिकै नविन श्रेष्ठले संचालन गरेको कपास उद्योगमा लागेको आगो नियन्त्रण गर्न ८ वटा दमकलको प्रयोग गरिएको नगरपालिकाका प्रवक्ता महर्जनले बताए ।