देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ तोलामा ९ सय रुपैयाँ घट्यो

देशान्तर

काठमाण्डौ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि घटेर ९१ हजार एक सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलामा १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय २० रुपैयाँ थियो ।