देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२४ घण्टामा १४२ संक्रमित थपिए, २०६ जना डिस्चार्ज

देशान्तर

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर १४२ जना संक्रमित थपिएका छन् । ३ हजार ५९७ पीसीआर परीक्षण गर्दा ५२ जना महिला र ९० जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।

आज थपिएका संक्रमितमध्ये ५५ जना काठमाडौँ उपत्यकाका रहेका छन् । यसमा २५ जना महिला र ३० जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा थप २०६ जना निको भएका छन् । हालसम्म नेपालमा २ लाख ६७ हजार ६५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९८.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।

नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको कूल संख्या २ हजार ३१ रहेको छ । हाल संस्थागत आइसोलेसनमा ८८१ जना रहेका छन् भने आईसीयूमा ६१ र भेन्टिलेटरमा १७ जना रहेका छन् । भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु संक्रमण मुक्त रहेका छन् भने काठमाडौँमा मात्र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।