देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संवैधानिक आयोगको नियुक्ति ओलीको संविधान कुल्चिने कदम : भीम रावल

देशान्तर

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य भएको बताएका छन् ।

बुधबार बिहान संबैधानिकका आयोगहरुमा विभिन्न ३२ पदाधिकारीको नियुक्ति र शपथ भएपछि सामाजिक संजालमा प्रक्रिया दिदै नेता रावलले यो निन्दनीय भएको बताएका छन् ।

उनले भनेका छन् :

सर्वोच्च अदालतमा मुद्धा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो, यो निन्दनीय छ ।