देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अधिकांश क्षेत्रकाे माैसममा बदली

देशान्तर

देशको अधिकांश क्षेत्रको मौसममा आज बदली हुने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस बाहेक बाँकी पहाडी भूभागमा आंशिक बदली हुनुका साथै अन्य भूभागको मौसम सामान्यतया सफा रहने छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार राति पनि देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा राति हल्का हिमपातको सम्भावना छ।

तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। बिहीबारदेखि शनिबारसम्म देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा हुने छ ।

बिहीबारदेखि पश्चिमी वायु सक्रिय हुने भएकाले देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसमविदको भनाइ छ । यो प्रणाली बाहिरिएपछि तापक्रममा वृद्धि भइ गर्मी सुरु हुनेछ।