देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तेस्रो दिनसम्म ४६ हजार १९७ जनाले लगाए कोरोनाविरुद्ध खोप

देशान्तर

काठमाडौँ । कोरोनाविरुद्धको खोप अभियानको तेस्रो दिनसम्म देशभर ४६ हजारभन्दा बढीले कोरोना (कोभिड १९) विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी ७७ जिल्लामा कुल ४६ हजार १९७ जनाले खोप लगाएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ७ हजार ३६९, प्रदेश २ मा ४ हजार ६५०, वाग्मती प्रदेश मा १५ हजार ६४१, गण्डकी प्रदेशमा ७ हजार १५३, लुम्बिनी प्रदेशमा ४ हजार ६३५, कर्णाली प्रदेशमा २ हजार ९६६ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ७८३ जनाले खोप प्राप्त गरेका छन् ।

प्रवक्ता डा गौतमले खोप पाएका व्यक्तिहरुमा हालसम्म सामान्य असर देखिएपनि केहि समयमा आफै ठिक भएको बताएका छन् । हालसम्म कसैलाई पनि जटिल किसिमको समस्या नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

खोपको पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएका थिए भने दोस्रो दिन १९ हजार ६४८ जनाले खोप लगाएका थिए । त्यस्तै शुक्रबार तेस्रो दिन १७ हजार ४६५ जनाले खोप लगाएका छन् ।

बुधबारदेखि सुरु भएको खोप अभियानअन्तर्गत देशभरका १६९ खोप केन्द्रहरुमार्फत स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपंक्तिमा खटिने सेवा प्रदायकलाई आगामी १० दिनभित्र करिब ४ लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने सरकारको लक्ष्य छ ।