देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु

देशान्तर

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विदेशमा थप तीन जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता यूकेमा दुईजना र मलेसिया एक नेपालीको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेश (२० देश ) मा ३१७ संक्रमित पुगेका छन् ।

संघको स्वास्थ्य समिति संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५१ हजार एक सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।