देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीलाई सम्बोधन गर्दै

देशान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०२१ को अवसरमा विदेशमा रहेका नेपालीहरूलाई सम्बोधन गर्ने भएका छन् ।

वर्तमान राजनीतिक घटनाक्रमका बारेमा ३६ देशमा रहेका ५ सय भन्दा बढी नेपालीहरुसँग एकैपटक भर्चुअल संवाद गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाका बारेमा जानकारी गराउने र आफ्नो कदमका बारेमा स्पष्ट पार्ने योजनाका साथ नयाँ वर्ष शुभकामना आदानप्रदानसहित कार्यक्रम राखिएको थापाले बताए ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेका अनुसार नेपाली समय अनुसार आज बिहान ११ः३० बजेदेखि कार्यक्रम हुनेछ ।