देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अंग्रेजी नयाँ वर्ष २०२१ शुरु

देशान्तर

 

ग्रेगोरियन पात्रोअनुसार शुक्रबारदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । येशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।

यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकआपसमा शुभकामना आदान प्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारित छ । जसअनुसार ३ सय ६५ दिन छ घण्टा ४९ मिनेट छ सेकेण्डको एक वर्ष हुन्छ ।

विश्वका अधिकांश मुलुकमा प्रचलनमा रहेको र प्रत्येक वर्ष जनवरीको पहिलो तारिखका दिनबाट शुरु हुन्छ । विगतमा पुरानो वर्षको विदाई गर्दै नयाँ वर्षलाई विश्वभर भब्य रुपमा स्वागत गर्ने गरिएको भएपनि यो वर्ष कोरोना त्रासका कारण खासै उल्लास देखिएको छैन । युरोपका अधिकांश देश लकडाउनमा रहेका छन् ।

नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै विशेष किसिमको अङगुरको रस र रोटी खाने प्रचलन छ । विश्वब्यापीकरणको प्रभाव र हर्षोल्लासका दृष्टिले ईस्वी संवतको यो नयाँ वर्ष नेपालमा पनि शुभकामना आदानप्रदान गरी मनाइँदै छ ।

नयाँ वर्ष मनाउन राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा सांगीतिक कार्यक्रमको आयोजनाहरु गरिएका छन् ।

नयाँ वर्ष मनाउन पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा उल्लेख्य आन्तरिक पर्यटक पुगेका छन । नयाँ वर्षको उपलक्ष्यमा विश्वभरका नेताहरुले कोरोना त्रासवाट मुक्ति, विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।